सोमवार, बैशाख ९, २०८२

मुम्बईमाथि चेन्नईको सनसनीपूर्ण जित


कान्तिपथ


ओपनर रचिन रवीन्द्र र कप्तान ऋतुराज गयकवाडको अर्धशतकसँगै चेन्नई सुपर किङ्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा रोमाञ्चक जित निकालेको छ।

आइतबार सम्पन्न खेलमा चेन्नईले मुम्बई इन्डियन्सलाई पहिलो खेलमै चार विकेटले पराजित गरेको हो। मुम्बईले दिएको १५६ रनको लक्ष्य पछ्याएको चेन्नईले ओभरमा ६ विकेट गुमाउँदै १५८ रन बनायो।

चेन्नईलाई जितका लागि अन्तिम ६ बलमा चार रन चाहिएको थियो। तर, रचिनले मिचेल सान्टनेरको बलमा छक्का प्रहार गर्दै पाँच बल अगाडि नै जित दिलाए।

चेन्नईका रचिनले अविजित रहँदै सर्वाधिक ६५ रन बनाए। ४५ बल खेलेका उनले दुई चौका र चार छक्का प्रहार गरे। ऋतुराजले २६ बलमा ६ चौका र तीन छक्कासहित ५३ रनको आक्रामक इनिङ्स खेले। रवीन्द्र जडेजा १७ रनमा आउट भए।

त्यसअघि एमए चिदाम्बरम स्टेडियममा टस हारेर पहिला ब्याटिङ थालेको मुम्बईले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १५५ रन मात्रै बनाउन सक्यो।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत