सोमवार, बैशाख ९, २०८२

प्रकाशमानलाई बालेनले बुबा सम्झाए !


कान्तिपथ


काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहप्रति असन्तुष्टि पोखेका छन् । पिता गणेशमान सिंह, पीएल सिंह र नेपाली कांग्रेसको इतिहास माटोमा नमिसाउन उनको सुझाव छ ।

आज फेसबुकमा स्टाटस लेख्दै मेयर शाहले यस्तो सुझाव दिएका हुन् । काठमाडौंका अव्यवस्थित बस्ती हटाउने, कपन खोलालाई व्यवस्थित गर्ने, बाल मन्दिर बचाउने, सार्वजनिक सम्पत्ति जोगाउने प्रयास गर्ने कुराहरु सधैँ कुरामै सीमित रहेको आरोप पनि उनले लगाएका छन् ।

‘मलाई हराउने नाममा आफ्नो शहर, क्षेत्र र देश चाहिँ नहराउनुहोला, यत्रो गणेशमान सिंह, पीएल सिंह र नेपाली कांग्रेसको इतिहास माटोमा नमिसाउनु होला’, बालेनले लेखेका छन् ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत