शनिबार, बैशाख १३, २०८२
  • गृहपृष्‍ठ
  • अपराध
  • विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रका प्रमुखमाथि आक्रमण

विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रका प्रमुखमाथि आक्रमण


गणेश विक


काठमाडौँ । नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रका प्रमुख रामु श्रेष्ठ माथि आक्रमण भएको छ ।

केन्द्रको डिजिटल डिस्प्ले बोर्डमा प्रधानमन्त्री केपी शर्मा ओलीको विषयमा आपत्तिजनक शब्द राखिएको भन्दै अज्ञात समूहले केन्द्र प्रमुख श्रेष्ठमाथि मंगलबार बिहान कार्यकक्ष भित्रै आक्रमण गरेको हो ।

आक्रमणबाट कम्प्युटर, टेबल लगायतका सामान फुटेका छन् । १३.१४ जनाको समूहले प्रमुख श्रेष्ठमाथि आक्रमण गरेको विद्युतका कर्मचारीहरूले बताएका छन् । कर्मचारीहरूले संयुक्त विज्ञप्ति जारी गरी घटनाको निन्दा गरेका छन् ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत