शनिबार, बैशाख १३, २०८२

सेन्ट्रल प्लाजामा आगलागी : ११ जनाको उद्धार


कान्तिपथ


सुनसरीको इटहरी चोकस्थित सेन्ट्रल प्लाजामा भएको आगलागीमा फसेका ११ जनाको उद्धार भएको छ।

गृहमन्त्री रमेश लेखकको सचिवालयका अनुसार ११ जनाको उद्धार भएको हो ।

नेपाली सेनाको हेलिकप्टर पनि घटनास्थलमा पुगिसकेको छ ।

अहिले प्लाजाभित्र अन्यको खोजी तथा उद्धार गर्ने प्रयास जारी रहेको प्रहरीले जनाएको छ ।

घटनास्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाका ३२२ जनाको टोली खटिएका छन् ।

विभिन्न पालिकाका १२ वटा दमकल पनि घटनास्थलमा छन् ।

बुधबार बिहान साढे ९ बजेदेखि लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन ।

इटहरी चोकबाट पूर्व काँकडभिट्टा रोडको उत्तरतर्फ रहेको सेन्ट्रल प्लाजाको पाँचौ तलाबाट आगलागी सुरू भएको थियो। अहिले पाँचौं, छैटौं र सातौं तलमा आगो लागिरहेको सुनसरी प्रहरीले जनाएको छ ।

होटेलभित्र काठका सामग्री धेरै भएकाले आगो भित्रभित्रै फैलिएको हो ।

आगलागीको कारण खुलिसकेको छैन ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत