काठमाडौँ । माओवादी केन्द्र निकट प्रेस सेन्टर नेपालको नयाँ नेतृत्वका लागि पत्रकार दीपेन्द्र रावलले उम्मेदवारी दिने भएका छन् ।
प्रेस सेन्टर नेपालको पाँचौँ राष्ट्रिय महाधिवेशन चैत १६ र १७ गते काठमाडौँमा हुन लागेको सन्दर्भमा उनले अध्यक्ष पदमा उम्मेदवारी दिन लागेका हुन् ।
२०५६ सालदेखि पत्रकारितामा संलग्न उनले त्यतिबेला जनादेश, सुर्खेत पोस्ट, जनआह्वानको लागि अछाम, कालिकोट र बाजुराको संवाददाता भएर काम गरेका थिए ।
यस्तै २०५८ देखि २०५९ विभिन्न जनपक्षीय पत्रकारितामा संलग्न उनी २०५९ असारमा पत्रिकाकै कामको क्रममा बम विस्फोटमा परि घाइते भए । घाइते अवस्थामा उपचारको क्रममा रहँदा पनि नेपाल र भारतमा बसेर उनी पत्रकारितामै सक्रिय थिए ।
यस्तै २०६९ बाट संवाद डबली र अनलाइन डबली डटकमको हालसम्म नेतृत्व रहेका उनी हाल प्रेस सेन्टर नेपालको केन्द्रीय उपाध्यक्ष र एशोसिएट प्रदेशको इन्चार्ज रहेका छन् ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ