शनिबार, बैशाख १३, २०८२

ऐश्वर्याको कार दुर्घटना


गणेश विक


बलिउड फिल्म इन्डस्ट्रीकी अभिनेत्री तथा करोडौं मनको मुटु ऐश्वर्या राय बच्चनको कार हालै दुर्घटनाको सिकार बनेको छ ।

मुम्बईमा दिउँसो उनको कार दुर्घटनामा परेको हो ।

ऐश्वर्या राय बच्चनको जुहुस्थित घर नजिकै बेस्टको बस र उनको कार एक आपसमा ठोक्किएको हो ।

यद्यपि यो दुर्घटना धेरै ठूलो थिएन र टक्कर भने सामान्य थियो। यसबाहेक दुर्घटना हुँदा ऐश्वर्या कारमा उपस्थित नभएको पनि अहिले खुलेको छ । अभिनेत्रीका फ्यानहरु उनको स्वास्थ्यलाई लिएर चिन्तित थिए तर अहिले उनी पूर्णरुपमा सकुशल छिन् भन्ने खुले पछि खुसी भएका छन् ।

रिपोर्टका अनुसार ऐश्वर्या राय बच्चनको १.५ करोड भारुको महँगो कार सिल्वर टोयोटा वेलफेयरलाई मुम्बईको जुहुमा सडकमा रहेको बेस्ट बसले ठक्कर दिएको थियो । राहतको कुरा यो थियो कि ठक्कर एकदमै सामान्य थियो र अभिनेत्रीको कारमा कुनै क्षति भने भएन ।

तर जबदेखि यो खबर बाहिरियो, प्रशंसकहरू अभिनेत्रीको बारेमा चिन्तित थिए र कार भित्र को थियो भन्ने बारे कुनै जानकारी अझै दिइएको छैन । तर, अहिले उक्त दुर्घटना भएको कारमा ऐश्वर्या न त बच्चन परिवारका कोही सदस्य रहेको स्रोतबाट खुलासा भएको छ । यस घटनामा कुनै ठूलो क्षति वा चोटपटक रिपोर्ट गरिएको छैन। उनको कार दुर्घटनाको भिडियो भने सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत