सोमवार, बैशाख ९, २०८२

गभर्नर बन्ने दौड : शंकर पोखरेल निकट बैंकका हाकिमले पनि दिए राजिनामा


कान्तिपथ


नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्ति रोचक बन्दै गएको छ । गभर्नर बन्ने आकांक्षीहरू धमाधम जागिर छोडिरहेका छन् ।

बुधवार नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. प्रकाशकुमार श्रेष्ठले पदबाट राजीनामा दिएका छन् । श्रेष्ठ भावी गभर्नरका आकांक्षीमध्ये एक हुन् ।

श्रेष्ठ एमाले महासचिव शंकर पोखरेल लुम्बिनी प्रदेशको मुख्यमन्त्री हुँदा प्रदेश योजना आयोगको उपाध्यक्ष थिए । साथै अर्थमन्त्रीको आर्थिक सल्लाकारको रूपमा काम गरेको उनीसँग अनुभव छ ।

केहीदिन अगाडि पनि अर्का एक आकांक्षीले राजीनामा दिएका थिए । गभर्नर बन्ने दौडमा रहेका नविल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्ञानेन्द्र ढुंगानाले पदबाट राजीनामा दिएका थिए । उनको राजीनामा स्वीकृत समेत भइसकेको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत