सोमवार, बैशाख ९, २०८२
  • गृहपृष्‍ठ
  • राजनिति
  • गणतन्त्र सभामा सहभागी हुन समाजवादी मोर्चाको आह्वान, यी स्थानबाट निकालिँदैछ जुलुस

गणतन्त्र सभामा सहभागी हुन समाजवादी मोर्चाको आह्वान, यी स्थानबाट निकालिँदैछ जुलुस


कान्तिपथ


समाजवादी मोर्चाले चैत १५ गते काठमाडौंमा गर्ने प्रदर्शनलाई व्यवस्थित बनाउनेबारे छलफल गरेको छ । नेकपा एसको केन्द्रीय कार्यालय आलोकनगरमा बसेको मोर्चाको बैठकले हजारौंको संख्यामा काठमाडौंमा प्रदर्शन गर्ने तयारी भएको नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्माले बताए ।

उनले हजारौंको संख्यामा उपस्थित गराउने अनुमान गरेपछि लाख डेढ लाखसम्म हुनसक्ने विश्लेषण सुनाए । उनका अनुसार जुलुस कोटेश्वर हुँदै माइतीघर मण्डला, कुपन्डोल, कालीमाटी, नागपोखरी पुतलीसडक, केही सुन्धारा, भृकुटीमण्डपको माथिल्लो चोकमा पुगेर सभामा परिणत हुने बताए ।

उनले भने, ‘यो भव्य विरोध प्रदर्शन हो । चारैतिरबाट जनताको उपस्थित र सहभागिता रहन्छ । जनताको धेरै ठूलो त्याग र बलिदानबाट यो व्यवस्था ल्याएको हो । त्यसैले सबैले आत्मसमीक्षा गर्दै गणतन्त्रलाई बलियो बनाउनुपर्छ भन्ने हो । फेरि देशलाई उल्टो बाटोमा फर्काउने कुरा राष्ट्रघाती हुन्छ । यो स्वीकार्य हुँदैन ।’

उनले १५ गतेको कार्यक्रममा सहभागी हुन सबै कम्युनिष्ट, वामपन्थीहरुलाई आह्वान गरे । उनले रावावादीहरुको बढ्दो सक्रियतामा विदेशी शक्तिहरुको आशक्ति देखिएको आशंका गरे ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत