शनिबार, बैशाख १३, २०८२

डीएसपी रावल र इन्स्पेक्टर बस्नेतसहित २० जना प्रहरी पुरस्कृत (नामावली)


गणेश विक


काठमाडौं । कोशी प्रदेश प्रहरी कार्यालय, विराटनगरले उल्लेखनीय कार्य सम्पादन गर्ने २० जना प्रहरी कर्मचारीलाई नगद पुरस्कारसहित सम्मान गरेको छ।

यस अघि पनि…

प्रहरी नियमावली २०७१ (संशोधन सहित) को नियम १९७ को देहाय (ख) बमोजिम पुरस्कृत गरिएका यी प्रहरी कर्मचारीहरू व्यवसायिक, लगनशील र कर्तव्यनिष्ठ तवरले कार्य सम्पादन गरेको भन्दै सम्मानित गरिएको हो।

ताप्लेजुङ जिल्लाको पाथीभरा देवी मन्दिर क्षेत्रमा निर्माणाधीन केवलकारको विरोधमा ‘नो केवलकार’ समूहले २०८१ माघ १२ गते घरेलु हातहतियार संकलन गरी आन्दोलन गर्ने तयारी गरिरहेको भन्ने सूचनाको आधारमा प्रहरीले सोही दिन खानतलासी गर्दा फलामका चक्कुसहित दुई जनालाई नियन्त्रणमा लिएको थियो।

यसैगरी, २०८१ फागुन १० गते फुङ्लिङ नगरपालिका–५, विरेन्द्र चौकमा ‘नो केवलकार’ समूहद्वारा निकालिएको राँके जुलुस नियन्त्रण गर्ने क्रममा झडप हुँदा प्रहरीले १७ जनालाई पक्राउ गरी कानूनी कारबाहीको दायरामा ल्याएको थियो। उक्त सफल कारबाही तथा अनुसन्धान प्रक्रियालाई उच्च मूल्यांकन गर्दै कोशी प्रदेश प्रहरी कार्यालयले नगद पुरस्कारसहित सम्मान गरेको हो।

विशेष रूपमा प्रहरी निरीक्षक विवेक बस्नेतसहित विभिन्न कर्मचारीहरूले उत्कृष्ट कार्यसम्पादन गरेको कारण पुरस्कार प्राप्त गरेका छन्। यो पुरस्कार वितरणले प्रहरी कर्मचारीहरूको कर्तव्यनिष्ठा र कार्यसम्पादनको प्रशंसा गरेको छ।

पुरस्कृत हुने प्रहरी कर्मचारीहरूको सूची:



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत