सोमवार, बैशाख ९, २०८२
  • गृहपृष्‍ठ
  • समाज
  • राजावादीका मेडिकल व्यवसायी जनकमान्डरले भने : ‘मलाई नजरबन्द गर्ने योजना बुन्दै छन्’ !

राजावादीका मेडिकल व्यवसायी जनकमान्डरले भने : ‘मलाई नजरबन्द गर्ने योजना बुन्दै छन्’ !


कान्तिपथ


पूर्वपञ्च नेता नवराज सुवेदी संयोजकत्वको ‘राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’ले शुक्रबार (चैत १५ गते) काठमाडौँमा प्रदर्शन गर्ने घोषणा गरेको छ। त्यसका लागि समितिले मेडिकल व्यवसायीसमेत रहेका दुर्गा प्रसाईंलाई जनकमान्डर तोकिएको छ।

यसैबीच प्रसाईंले आफूहरूको सक्रियता देखेर सरकार अतालिएको र आफूलाई नजरबन्द गर्ने योजना बनाइरहेको दाबी गरेका छन्। तर पनि आफू नडराउने र चैत १५ को प्रदर्शनमा सशक्त भएर लाग्ने प्रतिबद्धता उनले जनाएका छन्।

‘सरकार अतालिएको छ, मलाई नजरबन्द गर्ने सम्मको योजना बुन्दै छ। म डराउँदिन, भाग्ने छैन, वचलित हुने छैन। तपाईंहरू पनि ऊर्जावान् भएर यो आन्दोलनमा सहभागिताका लागी सादर अनुरोध गर्दछु’, प्रसाईंले भनेका छन्।

‘राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’ले बिहीबार अपिल जारी गरी चैत १५ गते काठमाडौँमा प्रदर्शन गर्ने, १७ गते थप आन्दोलनको घोषणा गर्ने र २१ गतेदेखि सशक्त प्रदर्शन गर्ने जनाएको छ।

संयोजक सुवेदीले जारी गरेको अपिलमा संवैधानिक राजसंस्थासहित हिन्दू अधिराज्य पुनर्स्थापना, संघीयता खारेजी, भ्रष्टाचार नियन्त्रण र सुशासनका लागि अभियान थालिएको उल्लेख छ।

उनले नेपाली जनताको चाहना ‘राजतन्त्र’ अथवा राजाको शासन होइन, राजनीतिभन्दा माथिको अभिभावकीय भूमिकाको ‘संवैधानिक राजसंस्था’ भएको जिकिर गरेका छन्।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत