काठमाडौं । काठमाडौंको तीनकुने क्षेत्रमा स्थिति झन् जटिल बनेको छ।
स्थानीय एक घरमा लागेको आगो निभाउन पुगेका दमकलहरू प्रदर्शनकारीको आक्रमणको निशानामा परेका छन्। उनीहरूले लगातार ढुंगा प्रहार गर्दा आगलागी नियन्त्रणको प्रयास प्रभावित भएको छ।
प्रहरीसँगको झडपपछि प्रदर्शनकारीहरूले स्थानीयको घरमा आगजनी गरेका थिए। आगो तीव्र रूपमा फैलिन थालेपछि दमकल परिचालन गरिएको थियो। तर, प्रदर्शनकारीहरूले दमकललाई लक्षित गरी लगातार ढुंगा प्रहार गरेपछि आगो नियन्त्रणमा लिन कठिनाइ भएको छ।
हवाई फायर र अश्रुग्यास प्रहार
दमकललाई सुरक्षित रूपमा सञ्चालन गराउन प्रहरी सक्रिय बनेको छ। स्थिति नियन्त्रण गर्न प्रहरीले फेरि अश्रुग्यास प्रहार गरेको छ भने हवाई फायर पनि गरेको छ।
स्थानीयहरू त्रसित, क्षेत्रको सुरक्षा कडा
स्थानीय बासिन्दाहरू आगलागी र हिंसात्मक प्रदर्शनका कारण त्रसित भएका छन्। सुरक्षाकर्मीहरूले क्षेत्रको निगरानी बढाएका छन् भने थप प्रहरी बल परिचालन गरिएको छ।
स्थिति अझै तनावग्रस्त
हालसम्म आगलागी पूर्ण रूपमा नियन्त्रणमा आएको छैन। दमकल चालक र सुरक्षाकर्मीलाई सुरक्षासहित आगो निभाउनका लागि थप उपाय अपनाइँदैछ।
स्थिति नियन्त्रणमा लिन सुरक्षाकर्मीहरूलाई थप सतर्कता अपनाउन निर्देशन दिइएको छ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ