बिहिबार, बैशाख ११, २०८२
  • गृहपृष्‍ठ
  • अपराध
  • दुर्गा प्रसाईंविरुद्ध साइबर ब्युरोमा उजुरी दर्ता, कानूनी कारबाहीको माग

दुर्गा प्रसाईंविरुद्ध साइबर ब्युरोमा उजुरी दर्ता, कानूनी कारबाहीको माग


गणेश विक


काठमाडौं । राजावादी अभियानमा संलग्न राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक दुर्गा प्रसाईंविरुद्ध साइबर अपराध अन्तर्गत उजुरी परेको छ।

मायाको पहिचान नेपालका कार्यकारी निर्देशक सुनिल बाबु पन्तले नेपाल प्रहरीको साइबर ब्युरोमा प्रसाईंविरुद्ध उजुरी दिएका हुन्।

ब्युरोमा शुक्रबार दर्ता गरिएको उक्त उजुरीमा प्रसाईंले लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायलाई लक्षित गरी गलत सूचना तथा घृणास्पद अभिव्यक्ति फैलाएको आरोप लगाइएको छ।

घटनाको पृष्ठभूमि

प्रसाईंले पछिल्ला दिनहरूमा विभिन्न सार्वजनिक कार्यक्रम र अनलाइन माध्यमबाट लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायलाई लिएर आपत्तिजनक अभिव्यक्ति दिएको उजुरीमा उल्लेख छ।

पन्तका अनुसार, उनका यी अभिव्यक्तिहरूले समुदायमा थप विभेद र हिंसालाई बढावा दिन सक्ने भएकाले कानूनी कारबाही आवश्यक रहेकाे बताए।

साइबर ब्युरोको प्रतिक्रिया
साइबर ब्युरोले उजुरी दर्ता गरेको पुष्टि गर्दै घटनाको अनुसन्धान सुरु भइसकेको जनाएको छ।

प्रहरी स्रोतका अनुसार प्रसाईंका सामाजिक सञ्जाल गतिविधि र अभिव्यक्तिहरूको विस्तृत विश्लेषण भइरहेको छ।

प्रसाईंको प्रतिक्रिया आउन बाँकी
यस विषयमा दुर्गा प्रसाईं वा उनको समूहबाट कुनै औपचारिक प्रतिक्रिया आएको छैन।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत