बिहिबार, बैशाख ११, २०८२

राजावादी प्रदर्शनकारीद्वारा सरकारी गाडीमा आगजनी


गणेश विक


काठमाडौंको पेरिसडाँडा क्षेत्रमा राजावादी समर्थक प्रदर्शनकारीहरूले सरकारी गाडीमा आगजनी गरेको समाचार प्राप्त भएको छ।

प्रदर्शनकारीहरू तीनकुनेबाट कोटेश्वरतर्फ अगाडि बढ्दै गर्दा, गल्लीमा लुकेर बसेका सुरक्षाकर्मीहरूले उनीहरूमाथि अश्रुग्यास प्रहार गरेका थिए।

यसपछि आक्रोशित भीडले सरकारी गाडी तोडफोड गर्नुका साथै आगजनी गरेको बताइएको छ।

यस क्रममा, प्रदर्शनकारीहरूले तीनकुने क्षेत्रमा सुरक्षाकर्मीको बोकेको बन्दुक समेत खोसेको जानकारी प्राप्त भएको छ।​

हालसम्म, आगजनीमा परेको सरकारी गाडीको नम्बर खुल्न सकेको छैन।

यस घटनाले काठमाडौं उपत्यकामा सुरक्षा अवस्था थप चुनौतीपूर्ण बनेको देखिन्छ।

सुरक्षाकर्मीहरू स्थिति नियन्त्रणमा लिन प्रयासरत छन्, र स्थानीय बासिन्दाहरूलाई सतर्क रहन अनुरोध गरिएको छ।​



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत