सोमवार, बैशाख ९, २०८२

कोटेश्वरको भाटभटेनीमा राजावादी प्रदर्शनकारीद्वारा तोडफोड


गणेश विक


काठमाडौँ। कोटेश्वरस्थित भाटभटेनी सुपरमार्केटमा राजावादी प्रदर्शनकारीद्वारा तोडफोड गरिएको छ।

तीनकुने सभास्थलबाट तितरबितर भएका प्रदर्शनकारीहरूले ढुंगा प्रहार गरी सिसा फुटाउने तथा अन्य भौतिक संरचनामा क्षति पुर्‍याउने कार्य गरेका हुन्।

यसै क्रममा, सोही समूहले आलोकनगरस्थित नेकपा (एस) को कार्यालयमा आगजनी गरेको छ। प्रत्यक्षदर्शीहरूका अनुसार प्रदर्शनकारीहरूले कार्यालयका झ्याल, ढोका तोडफोड गर्दै आगजनी गरेका थिए।

त्यसैगरी, तीनकुने आसपासका अन्य निजी तथा सार्वजनिक घरभवनमा समेत तोडफोड र आगजनी भएको छ।

महानगरीय प्रहरी वृत्त कोटेश्वरका अनुसार स्थिति नियन्त्रणमा लिन व्यापक रूपमा प्रहरी परिचालन गरिएको छ। हालसम्म घटनामा कुनै पनि ठूलो मानवीय क्षति नभएको बताइए पनि भौतिक संरचनामा उल्लेखनीय क्षति पुगेको छ।

सरकारले तोडफोड र हिंसात्मक गतिविधिमा संलग्न दोषीलाई कानुनी कारबाही गर्ने जनाएको छ।

घटनाको विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत