काठमाडौंको जडीबुटीस्थित जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनीमा आगजनी भएको छ ।
राजावादी समूहले तोडफोड र आगजनी गर्न सुरु गरेपछि कर्मचारीहरूले भागेर ज्यान जोगाएको कम्पनीकी महाप्रबन्धक डा. संगीता यादवले जानकारी दिइन् । मुख्य भवनमा पनि आगो लगाउने डरले पछाडि पट्टी स्टोरबाट बाहिर भागेको यादवले जानकारी दिइन्।
जडीबुटी कम्पनी लिमिटेड परिसरमा आगो लगाउँदा ग्यारेजमा रहेका सवारी साधन जलेर नष्ट भएको छ ।
जडीबुटी कम्पनीमा आगलागी तथा सवारी साधन जलेर नष्ट भएको फोटो तथा भिडियो सामग्री सामाजिक सञ्जालमा देख्न सकिन्छ ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ