सोमवार, बैशाख ९, २०८२
  • गृहपृष्‍ठ
  • अपराध
  • दलितको घर भत्काएर उठीबास लगाउने गाउँपालिका अध्यक्ष र वडाध्यक्ष धरौटीमा रिहा

दलितको घर भत्काएर उठीबास लगाउने गाउँपालिका अध्यक्ष र वडाध्यक्ष धरौटीमा रिहा


गणेश विक


सिराहा । सिराहाको औरही गाउँपालिका–५ मा महायज्ञ गर्न भनी दलितको घरमा डोजर चलाइएको घटनामा पक्राउ परेका औरही गाउँपालिकाका अध्यक्ष शिवजी यादव र पूर्व वडाध्यक्ष दिलीपकुमार यादव शुक्रवार धरौटीमा रिहा भएका छन् ।

जिल्ला अदालत सिराहाका न्यायाधीश विदुर काफ्लेको इजलासले जनही रु एक लाख धरौटीमा थुनामुक्त गर्न आदेश दिएको हो ।

स्रेस्तेदार नीरज पोखरेलका अनुसार जातीय भेदभाव तथा छुवाछूतसम्बन्धी कसुरमा मुद्दा दर्ता भएकामा शुक्रवार थुनछेक बहस भएको हो ।

वैशाख १९ गते अदालतमा हाजिर हुन जिल्ला अदालतले आदेश दिएको छ । यही चैत १७ गतेदेखि महायज्ञ लगाउन भन्दै औरही–५ का दलित दीपक मलिक (डोम) को घर गत फागुन १० गते भत्काइएको थियो ।

महायज्ञ आयोजक समितिका अध्यक्षसमेत रहेका जसपा जिल्ला सदस्य शिवजी यादव र समिति सचिव रहेका दिलीपकुमार यादव गत चैत ८ गते पक्राउ परेका थिए ।

दलित परिवारको घरमा डोजर चलाउन निर्देशन दिने महायज्ञका मूल पुजारी बजरंगी बाबा भने फरार छन् ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत