बुधबार, पुस २, २०८२
  • गृहपृष्‍ठ
  • अपराध
  • पूर्वराजा ज्ञानेन्द्र शाहको राहदानी रद्द गर्न सरकारको निर्देशन

पूर्वराजा ज्ञानेन्द्र शाहको राहदानी रद्द गर्न सरकारको निर्देशन


गणेश विक


काठमाडौं । राजावादीहरूको आन्दोलनका क्रममा शुक्रवार हिंसात्मक घटना घटेपछि सरकारले पूर्वराजा ज्ञानेन्द्र शाहको राहदानी रद्द गर्ने प्रक्रिया अघि बढाएको छ ।

प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार शुक्रबार तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनलाई उकास्ने भूमिकामा देखिएको भन्दै सरकारले ज्ञानेन्द्रको राहदानी रद्द गर्न परराष्ट्र मन्त्रालयलाई निर्देशन दिएको हो ।

घटनाको अनुसन्धान सुरु भएपछि उनी भागेर जानसक्ने आशंका भएपछि कानुनी दायरामा ल्याउनका लागि राहदानी रद्द गर्न निर्देशन दिइएको स्रोतको भनाइ छ ।

दुईजनाको ज्यान जानेगरी भएको हिंसात्मक प्रदर्शनको छानबिन अघि बढेसँगै देशबाट भाग्न नदिन राहदानी रद्द गर्न लागिएको सरकारको भनाइ छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत