सोमवार, बैशाख ९, २०८२
  • गृहपृष्‍ठ
  • अपराध
  • तीनकुने हिंसा प्रकरण : नेपाली सेनाका पूर्वक्याप्टेन राजभण्डारी पक्राउ

तीनकुने हिंसा प्रकरण : नेपाली सेनाका पूर्वक्याप्टेन राजभण्डारी पक्राउ


गणेश विक


काठमाडौँ । तीनकुनेमा हिंसात्मक घटनामा संलग्न भएको आरोपमा प्रहरीले नेपाली सेनाका पूर्वक्याप्टेन मुनीन्द्र राजभण्डारीलाई पक्राउ गरेको छ।

राजभण्डारी ब्यवसायी तथा अहिले प्रहरीको सर्वाधिक खोजीमा रहेका दुर्गा प्रसाईँका सहयोगी हुन।

राजभण्डारीलाई प्रहरीको विशेष टोलीले बालाजुबाट पक्राउ गरेको हो। उनी राजावादी आन्दोलनका लागि गठित आरटीएफ (रोयल टास्क फोर्स) का कमान्डर हुन।

दुर्गा प्रसाईंको कमाण्डिङमा तीनकुनेमा भएको प्रदर्शनका क्रममा पत्रकारसहित २ जना मारिएका थिए।

करोडौँको धनमाल क्षति भएको छ। राजभण्डारीले पत्रकार मृत्युको कारण राज्यपक्ष भएको आरोप लगाउँदै फेसबुक स्टाटस राखेका थिए।

गत वर्षको मंसिरमा प्रसाईं समूहले बल्खुमा गरेको प्रदर्शनका क्रममा पनि उनी अराजक गतिविधि गरेको आरोपमा पक्राउ परेका थिए।

घटनापछि फरार प्रसाईंलाई प्रहरीले खोजिरहेको छ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत