शनिबार, बैशाख १३, २०८२

पत्रकार शुरेश रजकको हत्याबारे लहानमा विरोध प्रदर्शन


राजेन्द्र महतो



सिरहा। पत्रकारको हत्या र मिडियामाथि भएको आक्रमणको विरोधमा सिरहाका पत्रकारहरुले बिरोध प्रदर्शन गरेका छ्न।

नेपाल पत्रकार महासंघ सिरहा शाखा द्वारा आज लहानको सहिद चौकमा विरोध ऱ्यालीको साथ हत्यारालाई कारवाहीको माँग गर्दै जिल्ला भरीका पत्रकारहरुले बिरोध प्रदर्शन गरेका हुन।

शहीद चोकमा भेला भई सुरु गरेको विरोध र्‍याली नगर परिक्रमा गर्दै पुनः सहिद चौकमा कोण सभामा परिणत भएको थियो ।

पत्रकारहरूले दोषीलाई कारबाही गर सञ्चारमाध्यममाथि आक्रमण बन्द गर प्रेस स्वतन्त्रता जिन्दावाद पत्रकार कुट्न पाइँदैन’ जस्ता नारा लगाएका थिए।

कोणसभामा नेपाल पत्रकार महासंघ सिराहाका पुर्व अध्यक्ष तथा वरिष्ठ पत्रकार दिनेश्वर गुप्ता शाखाका अध्यक्ष मनोज बनैता लगायतका पत्रकारहरुले सम्बोधन गर्दै जघन्य अपराधमा संलग्न दोषीलाई तत्काल पक्राउ गरी कारवाहीको माग र संविधानअनुसार पूर्ण प्रेस स्वतन्त्रता कायम गर्न सरकारलाई दबाब दिने चेतावनी दिएका छ्न।

काठमाडौँको तीनकुनेमा राजावादी आन्दोलनका क्रममा आगजनी हुँदा एभिन्यूज टेलिभिजनका पत्रकार सुरेश रजकलाई जलाएर हत्या गरिएको थियो।

त्यस्तै, आन्दोलनकारीहरूले विभिन्न सञ्चारमाध्यममाथि आक्रमण गरेका थिए । सो घटनाको विरोधमा नेपालभरका पत्रकारहरू आन्दोलित भएका छन।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत