काठमाडौं । महाकुम्भबाट भाइरल भएकी मोनालिसालाई मुम्बई ल्याएर अभिनेत्री बनाउने वाचा दिएका निर्देशक सनोज मिश्रा पक्राउ परेका छन् ।
दिल्ली प्रहरीले बलात्कार मुद्दामा उनलाई पक्राउ परेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
यी युवतीले नायिका बन्ने सपना देखेकी थिइन् । सनोजले उनलाई फिल्ममा भूमिका दिने वाचा गरेर फोन गरेका थिए । शारीरिक शोषण गरेको र कसैलाई भनेमा फिल्म उद्योगमा काम नपाउने धम्की सनोजले दिएको पीडित महिलाले बताएकी छन् ।
१८ फेब्रुअरी २०२५ मा सनोजले होटलमा ल्याएर शारीरिक सम्बन्ध राखे र पछि विवाहको वाचाबाट पछि हटेको पीडितको भनाइ छ । अनुसन्धानको क्रममा मुजफ्फरनगरबाट गर्भपतनसँग सम्बन्धित मेडिकल विवरणहरू पनि सङ्कलन गरिएको थियो ।
मुम्बईमा ती महिलासँग विगत ४ वर्षदेखि लिभ-इन रिलेसनशिपमा बसेको, ३ पटक गर्भपतन गराउन बाध्य पारेको र विवाहको वाचा तोडेको आरोपमा मिश्रामाथि छ ।
महाकुम्भ मेलामा माला बेच्ने मोनालिसालाई आफ्नो फिल्म ‘द डायरी अफ मणिपुर’मा काम दिने प्रस्ताव गर्दा सनोज मिश्राको नाम चर्चामा आएको थियो ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ