बिहिबार, बैशाख ११, २०८२

ज्ञानेन्द्र फर्काउने जनकमान्डर भारततिर सुइँकुच्चा !


कान्तिपथ


काठमाडौँको तीनकुनेमा दुईजनाको ज्यान जानेगरी भएको प्रदर्शनका कमान्डर दुर्गा प्रसाईं कार्यक्रम नसकिँदै फरार भए। उनलाई प्रहरीले त्यसै बेलुकादेखि खोजी गरिरहेको छ।

प्रहरीले खोजी गरिरहँदा प्रसाईंले भने सामाजिक सञ्जालमा भिडिओ सार्वजनिक गरेर चुनौती दिइरहेका छन्। तर प्रहरीले उनी कहाँ छन् भन्ने नै पत्ता लगाउन सकेको छैन।

दुर्गा प्रसाईं र पक्राउ परेका व्यक्तिहरूको विषयमा सोमबार दिउँसो उपत्यकाका प्रहरी कार्यालय प्रमुखसहितलाई बोलाएर प्रहरी महानिरीक्षक (आईजीपी) दीपक थापाले छलफल गरेका थिए। छलफलमा प्रसाईं भारत पुगेको निष्कर्ष निकालिएको एक अधिकारीले बताए।

त्यसअघि आइतबार प्रसाईंले एउटा मन्दिरमा बसेर बनाएको भिडिओ सार्वजनिक भएको थियो। उक्त मन्दिरको खोजी गरिएको प्रहरीको दाबी छ।

संसदमा सोमबार सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले पनि चैत १५ गते दुईजनाको ज्यान लिने घटनामा जोजो संलग्न भ एपनि कारबाही गरेरै छाड्ने बताएका छन्।

आन्दोलनका कमान्डर तोकिएका प्रसाईं फरार भएपछि आन्दोलनकारी उक्साएका राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवलशमशेर राणा पनि प्रहरी हिरासतमा छन्।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत