राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सभामुख देवराज घिमिरेसँग भेट गर्ने भएका छन् । लामिछानेसहित रास्वपाका सांसदहरू घिमिरेलाई भेट्न सिंहदरबार जान लागेका हुन् ।
आज बिहान १० बजे उनीहरूले सभामुख घिमिरेलाई भेट्ने कार्यक्रम तय भएको छ । सभामुखसँगको भेटमा लामिछानेको निलम्बनबारे कुरा हुने बताइएको छ ।
सहकारीको रकम अपचलनमा मुद्दा दायर भएसँगै लामिछाने संसद पदबाट निलम्बित भएका थिए । तर, रास्वपाले भने आफ्ना सभापतिको निलम्बन कानुनी नभएको दाबी गर्दै आएको छ ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ