राजसंस्था पुनःस्थापनाका लागि संयुक्त जनआन्दोलन समितिले पूर्वराजा ज्ञानेन्द्र शाहलाई काठमाडौँ महानगरपालिकाले जरिवना पत्र पठाएकोमा आपत्ति जनाएकाे छ।
चैत १५ गते तीनकुनेमा भएको राजसंस्था पक्षधरको आन्दोलनका क्रममा प्रदूषण गरेको भन्दै काठमाडौँ महानगरले पूर्वराजा शाहको नाममा जरिवाना पत्र पठाएको थियो।
समितिले प्रदर्शन सरकारसँग स्वीकृति लिएर गरिएको भन्दै पूर्वराजाप्रति भ्रम र अनास्था सिर्जना गर्ने कुत्सित उद्देश्यले उक्त जरिवाना पत्र पठाइएको ठहर गरेको छ।
यसअघि कार्यक्रम आयोजकलाई पत्राचार गरिएको भन्दै यसपटक पूर्वराजाका विषयमा भ्रम सिर्जना गर्ने मनसायबाट पत्र काटिएको गुरुङको आरोप छ।
उक्त जरिवानापत्र फिर्ता नलिए कानुनी बाटो अपनाउन बाध्य हुने उनले महानगरलाई चेतावनी दिएका छन्। ‘सो निर्णय काठमाडौँ महानगरपालिकाले तत्काल फिर्ता नलिएमा सोविरुद्ध कानुनी र अन्य मार्ग प्रशस्त गरिने पनि सबैमा जानकारी गराउन चाहन्छौँ,’ विज्ञप्तिमा उल्लेख छ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ