एट्लेटिको मड्रिडलाई हराउँदै बार्सिलोना कोपा डेल रेको फाइनलमा प्रवेश गरेको छ । एट्लेटिको मड्रिडमाथि समग्रमा ५-४ गोलअन्तरको जित निकाल्दै बार्सिलोना कोपा डेल रेको उपाधिनजिक पुगेको हो । पहिलो लेग भने ४-४ गोलको बराबरीमा सकिएको थियो ।
गएराति भएको खेलमा एट्लेटिको मड्रिडलाई १-० ले हराउँदै बार्सिलोनाले फाइनलको यात्रा तय गरेको हो । मेट्रोपोलिटानो स्टेडियममा भएको दोस्रो लेगमा एट्लेटिको मड्रिडलाई १-० ले हराउँदा फेरान टोरेसले निर्णायक गोल गरे । खेलको २७औँ मिनेटमा टोरेसले गोल गर्दै बार्सिलोनालाई सुरुवाती अग्रता दिलाएका थिए ।
बार्सिलोनाले अब उपाधिका लागि रियल मड्रिडसँग प्रतिस्पर्धा गर्नेछ । रियल मड्रिड रियल सोसिडाडमाथि ५-४ गोलअन्तरको जित निकाल्दै यसअघि नै फाइनल प्रवेश गरेको थियो ।
उपाधिका लागि बार्सिलोना र रियल मड्रिडबीच २६ अप्रिलमा प्रतिस्पर्धा हुनेछ ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ