आइतवार, बैशाख ८, २०८२
  • गृहपृष्‍ठ
  • समाज
  • ताल्चा फुटाएर महानगरको जिम्मवारीमा फर्किए गुरागाईं, अब रोकिएको तलब निकासा हुने

ताल्चा फुटाएर महानगरको जिम्मवारीमा फर्किए गुरागाईं, अब रोकिएको तलब निकासा हुने


गणेश विक


काठमाडौं । मेयर बालेन साहले लगाएको ताल्चा फुटाएर प्रमुख प्रशाशकीय अधिकृत सरोज गुरागाईं काठमाडाैं महानगरपालिकाकाे जिम्मेवारीमा फर्किएका छन ।

मेयर साहले लगाएको ताल्चा उप प्रमुख सुनिता डंगोल, वडा अध्यक्ष र कार्यरत कर्मचारीको पहलमा ताल्चा फुटाएर प्रमुख प्रशाशकीय अधिकृत  गुरागाईंले जिम्मेवारीमा फर्किएका हुन् ।

गुरागाईंले कार्यालय प्रवेश गर्न नदिन राजु पाण्डेको नेतृत्वमा महानगरीय प्रहरी खटाए पनि अन्ततः जनप्रतिनिधि र कर्मचारीको अगाडी केही लाग्न सकेन र उनी साढे तीन महिना पछि जिम्मेवारीमा फर्किएका हुन् ।

काठमाडौं महानगरमा यसअघि झन्डै पाँच महिना देखी रोकिएको तलब शुक्रबार देखी नै निकासा हुने उनले जानकारी दिएका छन् ।
 



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत