आइतवार, बैशाख ८, २०८२

मोदी बसेकै होटलमा भेट्न जाँदै ओली


कान्तिपथ


थाइल्यान्ड भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आज (चैत २२ गते) बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक) को छैटौँ शिखर सम्मेलनलाई सम्बोधन गर्दै छन्।

शिखर सम्मेलनको पहिलो कार्यसूचीमा ‘बिमस्टेक म्यारिटाइम ट्रान्सपोर्ट कोअपरेसन’मा हस्ताक्षर गर्ने कार्यक्रम छ। सम्मेलन आयोजक थाइल्यान्डका प्रधानमन्त्री पे थोङ् थान् शिनावात्‌ले स्वागत सम्बोधन गरेपछि कायसूची प्रस्तुत गरिनेछ।

यसैबीच सम्मेलनमा दिवाभोजपछि स्थानीय समयानुसार आज अपराह्न ४ बजे प्रधानमन्त्री ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच ‘साइडलाइन’ वार्ता गर्ने कार्यक्रम छ।

यो वार्ता बैंककस्थित म्यान्डारिन ओरियन्टल होटलमा हुनेछ। जहाँ भारतीय प्रधानमन्त्री मोदी बसेका छन्। मोदीसहितको भारतीय प्रतिनिधिमण्डल रहेको ओरेन्टल होटल नेपाली प्रतिनिधिमण्डल रहेको सांग्रिला होटलबाट करिब १५ मिनेटको दूरीमा छ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत