आइतवार, माघ ११, २०८२

राजु पाण्डेलाई होला त कारबाही ?


कान्तिपथ


काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं कार्यालय फर्कने चर्चा चल्नासाथ मेयर बालेन्द्र शाह (बालेन) ले नगरप्रहरी प्रमुख राजु पाण्डेलाई कुनै हालतमा उनलाई कार्यालय छिर्न नदिन आदेश दिए र आफू पाँचखाल हानिए । नगरप्रहरीले कार्यालय प्रवेशद्वारदेखि कार्यकक्षसम्म कडा सुरक्षा व्यवस्था मिलायो ।

तर, वडाध्यक्ष नवीन मानन्धरको अगुवाइमा कर्मचारी र जनप्रतिनिधिहरूले गुरागाईंलाई कार्यालय प्रवेश गराउन सफल भए । नगरप्रहरीले गुरागाईंको गाडी ह्वील लक गरे पनि उनी स्वयं कार्यकक्षमा छिर्न सफल भए । वडाध्यक्षहरूले ताला तोडेर उनलाई कार्यकक्ष प्रवेश गराए । प्रमुख प्रशासकीय अधिकृत नगर प्रहरीको अवरोधका बीच बिहीबार हाजिर गर्न सफल भए । उनलाई रोक्ने बालेन प्रयास असफल भयो । महानगर प्रहरीको बलमा गुरागाईंलाई रोक्ने उनको प्रयास त सफल भएन नै नगर प्रहरी प्रमुख राजु पाण्डेको भूमिका नै महानगर प्रहरी ऐनविपरीत भयो । किनकी नगर प्रहरीको खटनपटन मेयरले नभई प्रमुख प्रशासकीय अधिकृतले गर्ने ऐनमा व्यवस्था छ । त्यसअनुसार गुरागाईं पाण्डेलाई परिचालन गर्ने तालुकदार हुन् । तर, उनी आफ्नै कमान्डरलाई रोक्ने प्रयासमा लागेको शिलापत्रमा समाचार छ ।

गुरागाईंलाई कार्यालय प्रवेश गर्न नदिन प्रयास गर्ने क्रममा नगरप्रहरी प्रमुख पाण्डे विवादमा तानिए । उपमेयर सुनिता डंगोलले उनलाई ‘तपाईंले लिखित आदेशमा ताला लगाउनु भयो कि मौखिक आदेशमा ? ’ भनेर सोध्दा उनले मौखिक आदेश पालना गरेको बताए ।

नगरप्रहरी प्रमुखको भूमिकालाई लिएर अहिले थप विवाद उठिरहेको छ । बालेनका निर्देशन पालना गर्दै गुरागाईंको कार्यालय प्रवेश रोक्न खोज्दा पाण्डे अब आफैं संकटमा पर्ने संकेत देखिएको छ । अब प्रमुख प्रशासकीय अधिकृत गुरागाईंले पाण्डेमाथि कारबाही गर्न सक्छन् । उनीमाथि छानबिन हुन सक्छ भने ६ महिनाका लागि निलम्बन पनि पर्न सक्छन् ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत