काठमाडौंको तीनकुनेमा १५ चैतमा भएको हिंसात्मक प्रदर्शनपछि भागेका दुर्गा प्रसाईं चढेको गाडी प्रहरीले नियन्त्रणमा लिएको छ । प्रसाईं चढेको बीएबी ४२०८ नम्बरको गाडी झापास्थित प्रसाईंले सञ्चालन गरेको बीएन्ड सी मेडिकल कलेजबाट नियन्त्रणमा लिइएको हो ।
तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनमा प्रसाईंले भीडलाई उत्तेजित बनाएका थिए । जसका कारण उक्त घटनामा प्रहरीले प्रसाईंलाई खोजी गरिरहेको छ ।
सुरुमा ‘भाग्दिनँ’ भनेका प्रसाईं पछि भने भागेका थिए । उनी चढेको गाडी झापामा भेटिएसँगै प्रसाईं भारत पुगेको आशंका गरिएको छ । प्रहरीले प्रसाईंको उक्त गाडी काठमाडौं ल्याइसकेको छ । उनि ज्ञानेन्द्र शाहका जनकमान्डर हुन् ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ