सोमवार, बैशाख ९, २०८२

हुण्डी कारोबारमा संलग्न चिनियाँ नागरिक पक्राउ


कान्तिपथ


काठमाडौं । हुण्डी कारोबारमा संलग्न रहेको अभियोगमा एक जना चिनियाँ नागरिक पक्राउ परेका छन् ।

काठमाडौं महानगरपालिका–६ बौद्ध बस्ने तिब्बत घर तथा भारत सुजा– ३ जोगिन्दर नगर मडी ठेगाना भएकी चिनियाँ नागरिक २६ वर्षीया रिक्से वाङमोलाई प्रहरीले पक्राउ गरेको हो ।

काठमाडौं महानगरपालिका–२७ महाबौद्धमा हुण्डी कारोबार भइरहेको भन्ने सूचनाको आधारमा प्रहरी वृत्त जनसेवाबाट खटिएको प्रहरी उनलाई नगद २० लाख ९२ हजार रूपैयाँ सहित फेला पारी पक्राउ गरेको हो । 

उनी उपर जिल्ला अदालत काठमाडौंबाट ४ दिन म्याद थप अनुमति लिई प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत