आइतवार, बैशाख ८, २०८२

पोस्ट लाइक गर्दा कलाकारले गुमाए ६१ लाख रूपैयाँ


गणेश विक


मुम्बइ। मराठी उद्योगका चर्चित अभिनेता सागर कारंडे साइबर ठगीको सिकार भएका छन् । 

समाचार अनुसार उनले अनलाइन ठगीमा ६१.८३ लाख भारतीय रुपैयाँ गुमाएका छन ।

सामाजिक सञ्जालमा पैसा कमाउने लोभमा नयाँ प्रविधिबाट यो ठगी गरिएको हो ।

खासमा एक अज्ञात महिलाले अभिनेतालाई इन्स्टाग्राममा ठगी गरेर उनको खाताबाट लाखौं रुपैयाँ चोरी गरेकी छिन् । 

मराठी अभिनेता सागर कारंडेलाई उनको व्हाट्सएपमा अज्ञात नम्बरबाट सन्देश प्राप्त भयो। यो सन्देशपछि उनले आफूलाई महिला भएको बताइन । ती महिलाले अभिनेतालाई ह्वाट्सएपमा इन्स्टाग्राम लिङ्क पठाए र हरेक पोस्टलाई लाइक गरेबापत १५० करोड रुपैयाँ कमाउन सकिने बताएकी थिइन् । यो देखेर अभिनेताले महिलाको सल्लाह माने र त्यसो गर्नै थाले।

यो घटनापछि अभिनेताले इन्स्टाग्राममा एकपछि अर्को धेरै पोस्ट लाइक गरेका थिए । तर, त्यो बेला उनको होश गुम्यो, जुन बेला उनको खाताबाट एकै पटक ११ हजार रुपैयाँको १० वटा कारोबार भएको देखियो । यो देखेर अभिनेताले आफैंलाई विश्वास गर्न सकेनन् कि त्यसपछि ठगले सागरलाई पैसा लगानी गर्न आग्रह गरे र धेरै प्रतिफलको आश्वासन दिएका थिए ।

त्यसपछि उनले पुनः २७ लाख रुपैयाँ निकाले र काम सकिएपछि मात्रै सबै रकम निकाल्न सक्ने बताए । पछि ठगले कलाकारलाई कर सहित १९ लाख रुपैयाँ लगानी गर्न भनेका थिए । केही समय नबित्दै सागरले ६१ लाख ८३ हजार रुपैयाँ तिरेका थिए तर त्यो पैसा फिर्ता आएन ।

यति धेरै पैसा गुमाएपछि अभिनेताले प्रहरीमा उजुरी दिएका थिए । त्यसपछि उनीहरुले पैसा अन्य खातामा पठाएको थाहा पाए । हाल यस विषयमा अनुसन्धान भइरहेको छ । खासमा सागर मराठी फिल्म क्षेत्रका हाँस्य कलाकार हुन् । उनले ‘फु बाई फु’ मा आफ्नो कमेडीबाट धेरै नाम कमाएका छन् ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत