बिहिबार, बैशाख ११, २०८२

डीपी अर्याल पुन: कार्यवाहक सभापति


गणेश विक


काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यवाहक सभापतिको जिम्मेवारी उपसभापति डीपी अर्यालले पाएका छन्। 

सहकारी ठगी प्रकरणमा सभापति रबि लामिछाने पुन: पक्राउ परे पछि अर्यालले कार्यबहाक सभापतिको जिम्मेवारी पाएका हुन्।

उच्च अदालत, बुटबलले लामिछानेलाई पुन: थुनामा राख्ने आदेश दिए पछि हिजो साँझ उनी पक्राउ परेका थिए । 

पक्राउ परे लगत्तै सभापति लामिछानेले कार्यबहाक सभापतिको जिम्मेवारी अर्याललाई दिएको रास्वपाले जनाएको छ ।

लामिछानेलाई आजै रूपेन्देेही लगिदैछ । हिजो रातभर उनी काठमाडौं हिरासतमा थिए । 



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत