काठमाडौ, चैत २४, २०८१ : कोट्देवी बिधानगर समाज सुधार समितिका वरिष्ठ उपाध्यक्ष, सामुदायिक सशक्तीकरण तथा खेलकुद विकास केन्द्रका महासचिव, मनोहरा किरियापुत्री भवन तथा पार्क व्यवस्थापन संस्थाका सचिव तथा सामुदायिक प्रहरी साझेदारी संस्थाका महासचिव समाजसेवी पदमकुमार रेग्मीलाई पितृशोक परेको छ।
समाजसेवी रेग्मीका पूजनीय पिता इन्द्रप्रसाद रेग्मीको आज २०८१ साल चैत २४ गते, आइतबारका दिन असामयिक निधन भएको खबरले सम्पूर्ण समाजसेवी, शुभचिन्तक तथा मित्रहरूलाई मर्माहत बनाएको छ।
रेग्मीको निधनले गहिरो शोक व्यक्त गर्दै पदम रेग्मीका साथीहरू, शुभेच्छुक तथा संस्थाका प्रतिनिधिहरूले उहाँको आत्माको चिरशान्तिको कामना गरेका छन्। साथै, शोकसन्तप्त रेग्मी परिवारप्रति हार्दिक समवेदना प्रकट गरिएको छ।
समाजसेवी रेग्मी चार दाजुभाइमध्ये एक हुन् । उनका भाइ पुस्कर रेग्मी नेपाली चलचित्र क्षेत्रमा नायकको रूपमा सक्रिय छन्। समुदाय प्रहरी साझेदारी अन्तर्गत लामो समय देखि सामाजिक जनसचेतना मुलक कार्यक्रममा पनि रेग्मि सक्रिय छन।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ