धनगढी ।कैलाली नेकपा(एकीकृत समाजवादी)को जनसंगठन नेपाल रिटर्नी एशोसिएसन समाजवादी जिल्ला कमिटी कैलाली गठन भएको छ ।
शुरेश सोपको अध्यक्षतामा ५ सदस्यीय कार्यसमिति गठन भएको हो ।
जसको सहसंयोजकमा नरेश रावत, सचिवमा निर शाह, सदस्यमा सनम चौधरी, र राजकुमार चौधरी रहेका छन् ।
एशोशियसनका केन्द्रीय अध्यक्ष प्रविण पौडेलको अध्यक्षतामा भएको भेलाले पहिलो पटक कैलालीमा समिति गठन गरेको हो ।
पार्टी कार्यालय कैलालीमा भएको भेलामा पार्टीका उपाध्यक्ष एवम् सुदूरपश्चिम इन्चार्ज भानुभक्त जोशीको बिशेष उपस्थिती रहेको थियो ।
भेलामा बोल्दै उपाध्यक्ष जोशीले विदेशमा सिकेको सिप नेपालमा हरेका क्षेत्रमा काम लाग्ने बताए ।
जोशीले भने–त्यसको लागी राज्यले लगानीको उचित बाताबरण निर्माण गर्नुपर्छ, धेरै युवाहरु विदेश पलायन भएका छन् उहाँहरुले सिकेको सिपलाई उत्पादन तर्फ जोडेर जान सक्नु पर्छ ।
भेलामा पार्टीका जिल्ला अध्यक्ष विमल जोशी, प्रदेश उपाध्यक्ष धन बोहरा, प्रदेश सचिव शुरेन्द्रमान कार्की, जिल्ला सचिव दीर्घ जोशी लगाएतले शुभकामना मन्तव्य राखेका थिए ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ