आइतवार, बैशाख २७, २०८३

१० किलो ७ सय ग्राम लागूऔषधसहित एक जना पक्राउ


कान्तिपथ


बारा । बारा प्रहरीले १० किलो ७ सय ग्राम लागूऔषध गाँजासहित मकवानपुरका एकजना युवकलाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा मकवानपुरको मनहरी गाउँपालिका–६ का ३८ वर्षिय रवि थिङ रहेकाछन् । 

थिङलाई जीतपुरसिमरा उपमहानगरपालिका–२१ स्थित अमलेखगञ्जबाट पक्राउ गरिएको बारा प्रहरी प्रवक्ता डिएसपी बिजयबाबु पण्डितले जानकारी दिए । डिएसपी पण्डितका अनुसार हेटौंडाबाट वीरगञ्जतर्फ आउँदै गरेको ना ३६ प २१७७ नम्बरको पल्सर मोटरसाइकललाई प्रहरी कार्यालय अगाडिको चेक प्वाइन्टमा रोक्न खोज्दा थिङ भागेका थिए । 

प्रहरीले लखेट्दै गएर नजिकैको गणेश मन्दिर छेउमा फेला पारी खानतलासी लिँदा थिङले बोकेको कालो झोलामा ६ किलो र मोटरसाइकलको तेल ट्याङकीभित्र ४ किलो ७ सय ग्राम लागूऔषध गाँजा लुकाईछिपाई ल्याइएको भेटिएको प्रहरीले जनाएको छ ।
 



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत