शनिबार, बैशाख १३, २०८२
  • गृहपृष्‍ठ
  • समाज
  • पत्रकार सुरक्षाको माग गर्दै दीप प्रज्वलनसहित श्रद्धाञ्जली सभा आयोजना हुने

पत्रकार सुरक्षाको माग गर्दै दीप प्रज्वलनसहित श्रद्धाञ्जली सभा आयोजना हुने


गणेश विक


काठमाडौं । पत्रकार सुरक्षाको प्रत्याभूति र सञ्चारकर्मीमाथिको बढ्दो आक्रमणको विरोधमा नेपाल पत्रकार महासंघ (केन्द्र)ले चरणबद्ध दबाबमूलक कार्यक्रमको घोषणा गरेको छ।

कार्यक्रमको पहिलो चरण अन्तर्गत चैत २७ गते बुधबार साँझ ६ बजे माइतीघर मण्डलामा दीप प्रज्वलनसहित श्रद्धाञ्जली सभा आयोजना गरिने भएको छ।

पत्रकार सुरेश रजकको नृशंस हत्या र अन्य सञ्चारकर्मीमाथि भइरहेका आक्रमणका घटनाले पत्रकारिता क्षेत्र चिन्तित र आक्रोशित बनेको सन्देश दिन उक्त कार्यक्रमको आयोजना गरिएको हो।

नेपाल पत्रकार महासंघ काठमाडौं शाखाका सचिव रमेश कुमार बोहोरा एक सूचनाले जारी गर्दै शाखाका सम्पूर्ण पदाधिकारी, कार्यसमिति सदस्य, पत्रकार तथा आम संचारकर्मीहरुलाई कार्यक्रममा सक्रिय सहभागिता जनाउन हार्दिक अनुरोध गरिएको छ।

“पत्रकारमाथिको आक्रमण कुनै व्यक्तिमात्र होइन, प्रेस स्वतन्त्रतामाथिको प्रहार हो, “यस्तो परिस्थितिमा हाम्रो ऐक्यबद्धता, दृढता र साझा आवाज अत्यावश्यक छ।”

नेपाल पत्रकार महासंघले घटनाको तीव्र भर्त्सना गर्दै दोषीमाथि तत्काल कानुनी कारबाहीको माग पनि गरेको छ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत