सोमवार, कार्तिक २४, २०८२

चट्याङकाे आगलागीमा परेर २० लाखकाे कुखुरा फार्म धव्स्त


गणेश विक


कलैया । बारामा दुई ठाउँमा चट्याङ लागेर आगलागी भएको छ।

 बारागढी गाउँपालिका वडा नम्बर ४ सुखीपथरा बस्ने हरिन्द्रप्रसाद कामीको कुखुरा फर्ममा चट्याङ लागेर आगलागी भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ। 

 आगलागीबाट दुई हजार तयारी कुखुरा ,कुखुराको दाना र कुखुरा फर्म गरी अन्दाजी २० लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ। उक्त ठाउँमा आगलागी नियन्त्रणमा आइसकेको प्रहरीले जनाएको छ।

 त्यस्तै करैयामाई गाउँपालिका वडा नम्बर ८ नरही बस्ने अभिनाश कुशवाहाको कृषि मिटरको लागि बनाएको फुसको घर र कृषि मिटरमा चट्याङ लागेर आगलागी भएको छ। आगलागीमा परी घर र मिटर जलेर पूर्ण रुपमा नष्ट भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार आगलागी बाट घर र मिटर गरी अन्दाजी १० हजार बराबरको क्षती भएको छ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत