सामाजिक कार्यकर्ता संघ नेपाल (Social Worker’s Association Nepal-SWAN) को बार्षिक साधारण सभा २०८१ चैत्र ३० तथा पाँचौ महाधिवेशनबाट नयाँ नेतृत्व चयन भएको छ।
कुनै पनि बिश्वबिद्धालयबाट सामाजिक कार्य (Social Work) बिषयमा कम्तीमा स्नातक तह उतिर्ण गरेका शिक्षार्थीहरुलाई व्यावसायिक सामाजिक कार्यकर्ता भन्ने अन्तर्राष्ट्रिय मान्यता छ। बिश्व भरिका स्नातक , स्नातकोत्तर , एमफिल र बिद्यावारिधी हासिल गरेका सामाजिक कार्यकर्ताहरुको साझा संस्था सामाजिक कार्यकर्ताको अन्तर्राष्ट्रिय संघ (International Federation of Social Workers-IFSW)को नेपाल स्थित आधिकारिक संस्था हो सामाजिक कार्यकर्ता संघ नेपाल-SWAN ।
इस्वि सम्बत २०१३मा स्थापित यस सस्थाको पाँचौ महाधिवेशनबाट त्रिभुवन बिश्वबिद्धालयको सामाजिक कार्य बिषयका उपप्राध्यापक तथा सामाजिक कार्य बिषयका बिद्यावारिधिका बिद्यार्थी प्रतीक शर्मा लामिछाने चौथो अध्यक्षमा चयन भएका छन।
यसै गरि त्रिभुवन बिश्वबिद्धालयको सामाजिक कार्य बिषयका उपप्राध्यापक तथा सामाजिक कार्य बिषयका बिद्यावारिधिका बिद्यार्थी सरोज गिरी उपाध्यक्ष चयन भएका छन।
पुर्ण लोकतान्त्रिक बिधीबाट समावेशी कार्यसमिति चयन भएको उक्त संघमा महासचिवमा सुदिप लामा वाइवा, सचिवमा प्रगती खड्का र कोषाध्यक्षमा राजेशमान सिंह श्रेष्ठ निर्बिरोध चयन भएका छ्न। सात सदस्यीय कार्य समितिको सदस्य पदमा सुनिता बिसुन्खी र अनिमा श्रेष्ठ निर्वाचित भएका छन।
सेन्ट लरेन्स कलेजको प्राङ्गणमा भएको महाधिवेशन निवर्तमान अध्यक्ष सुक्रीता राईको अध्यक्षता र संघका सस्थापक अध्यक्ष डा. डिल्लीराम अधिकारीको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो।
महाधिवेशनमा निर्वाचन समितिका निर्वाचन अधिकृत सबिन न्यौपाने र सदस्य गौतम धिमालले नवनिर्वाचित कार्यसमितिको घोषणा गरेका थिए।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ