बिहिबार, बैशाख ११, २०८२

प्रहरीद्वारा चोरीको ५ थान मोटरसाईकल बरामद


कान्तिपथ


रौतहट ।  रौतहट स्थित प्रहरी गस्ती टोलीले जिल्लाको बिभिन्न स्थानबाट कागजपत्र नभएको ५ थान चोरीको मोटरसाईकल बरामद गरेको छ।

जिल्ला प्रहरी कार्यालय रौतहट तथा मातहतका युनिटहरुले गत १५ गतेदेखि हिजो २९ गतेसम्म ठाउँ ठाउँमा गरेको चेकजाँचको क्रममा बिभिन्न ब्राण्डको कागजपत्र नभएको ५ थान चोरीको मोटरसाईकल बरामद गरेको हो।

 बरामद मोटरसाईकलहरु को कुल ३ लाख ५० हजार रुपैयाँ मूल्यांकन सहित आवश्यक कारवाहीको लागि जिल्ला भन्सार कार्यालय गौरमा बुझाईएको रौतहट प्रहरी प्रवक्ता डीएसपी दीपक कुमार रायले बताए।

 
रौतहट प्रहरी प्रमुख एसपी दिलीप घिमिरेको निर्देशनमा जिल्लामा प्रहरीले सञ्चालन गरेको चोरीको सवारी साधन नियन्त्रण अभियान निकै प्रभावकारी देखिएको स्थानीयहरूले बताएका छन्



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत