शनिबार, बैशाख १३, २०८२
  • गृहपृष्‍ठ
  • समाज
  • तीनकुने प्रकरणमा पत्रकारहरूको देशव्यापी खबरदारी : “सरकार बिर्सियो कि?”

तीनकुने प्रकरणमा पत्रकारहरूको देशव्यापी खबरदारी : “सरकार बिर्सियो कि?”


कान्तिपथ



काठमाडौं । तीनकुनेमा पत्रकारमाथि भएको दमन, प्रेस स्वतन्त्रतामाथिको अतिक्रमण र सुरेश रजकको हत्या प्रकरणबारे अझै पनि सरकार मौन बसिरहेको भन्दै नेपाल पत्रकार महासंघको नेतृत्वमा आज देशभरका पत्रकारहरूले एक स्वरमा सरकारलाई खबरदारी गरेका छन्।

महासंघले चैत १८ गते गृहमन्त्रालयमार्फत चार सूत्रीय मागसहित सरकारसमक्ष औपचारिक ज्ञापनपत्र बुझाएको थियो। तर, लामो समयसम्म कुनै पनि जवाफ नआएपछि आज “सरकारलाई झकझक्याउने” अभियान सुरु गरिएको महासंघले जनाएको छ।

यसअन्तर्गत, हजारौं पत्रकारहरूले गृहमन्त्रीलाई एउटै आशयको सन्देश पठाएका छन्—
“माननीय गृहमन्त्रीज्यू, नेपाल पत्रकार महासंघले चैत १८ गते सरकारसमक्ष राखेका मागहरू सरकारले बिर्सिएको हो त?”

यस सन्देशमा निम्न चार मागहरूलाई विशेष रूपमा दोहोर्याइएको छ।

देशव्यापी ऐक्यबद्धता
एसएमएसमार्फत सरकारलाई खबरदारी गर्ने अभियानमा राजधानीका साथै सुदूरपश्चिम, प्रदेश १, लुम्बिनी, मधेस, गण्डकी, बागमती र कर्णाली प्रदेशका पत्रकारहरूको उल्लेखनीय सहभागिता देखिएको छ।

नेपाल पत्रकार महासंघ, जिल्ला काठमाडौं शाखाका सचिव रमेशकुमार बाेहाेराका अनुसार, “सरकार प्रेस स्वतन्त्रताको संवैधानिक मूल्यलाई वेवास्ता गरिरहेछ। हामी अब मौन बस्ने छैनौं। देशभर जनचेतनामूलक कार्यक्रममार्फत सरकारलाई जवाफदेही बनाउने अभियान अझ तीव्र बनाइने बताए ।

आन्दोलनका आगामी चरण
महासंघले चेतावनी दिँदै भनेको छ कि यदि सरकारले चाँडै मागहरू सम्बोधन गरेन भने देशव्यापी प्रदर्शन, प्रेस सम्मेलन, ज्ञापनपत्र बुझाउने लगायतका कार्यक्रमहरू क्रमशः सघन बनाइनेछ।

यसैबीच, विभिन्न मानवअधिकार संगठनहरू, पत्रकार संघसंस्था र नागरिक समाजले पनि पत्रकार सुरक्षाको विषयलाई लिएर सरकारको मौनताप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन्।




सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत