शनिबार, बैशाख १३, २०८२

श्रीमती बलात्कार गरेको अभियोग लागेका न्यायाधीशले पाए सफाइ


कान्तिपथ


काठमाडौँ । आफ्नै श्रीमतीले बलात्कार लगायतका मुद्दा दायर गरेपछि थुनामा पुगेका एक न्यायाधीशलाई उच्च अदालत पाटनले अभियोग दावीबाट सफाइ दिएको छ ।

काठमाडौँ जिल्ला अदालतले अभियोग ठहर गरेर थुनामा पठाएको न्यायाधीश गिरीलाई उच्च अदालत पाटनले सफाइ दिएको हो ।

न्यायाधीशहरु लालबहादुर कुँवर र डिल्लीरत्न श्रेष्ठको इजलासले गिरीलाई सफाइ दिएको अधिवक्ता बासु ज्ञवालीले जानकारी दिए ।

कपिलबस्तु जिल्ला न्यायधीश भएकै बेला पक्राउ परेका गिरीलाई श्रीमतीले बैवाहिक बलात्कारदेखि विभिन्न आरोप लगाएकी थिइन् ।

ईजालासमै बिष सेवन गर्ने देखि ईजलास प्रभाव पार्न अनेक हर्कत गर्ने उनकी श्रीमतीले ईगो साँधेको मुद्दामा जिकिर गरिएको थियो ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत