सोमवार, बैशाख ९, २०८२
  • गृहपृष्‍ठ
  • शिक्षा
  • त्रिभुवन विश्वविद्यालयको ट्रान्सक्रिप्ट र प्रोभिजनल सर्टिफिकेट अब Online बाट उपलब्ध हुने

त्रिभुवन विश्वविद्यालयको ट्रान्सक्रिप्ट र प्रोभिजनल सर्टिफिकेट अब Online बाट उपलब्ध हुने


गणेश विक


काठमाडौं । त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय, बल्खुले अब आफ्ना प्रमुख सेवा–सुविधा अनलाइनमार्फत उपलब्ध गराउने घोषणा गरेको छ।

प्राविधिक समस्याका कारण केही समयदेखि स्थगित Online सेवा पुनः सञ्चालनमा ल्याउने निर्णय भएको हो।

परीक्षा नियन्त्रक पुष्प राज जोशीद्वारा जारी सूचनामा विश्वविद्यालयले आफ्नै प्रणाली तयार गरी २०८२ वैशाख २ गते बिहान ११:०० बजेबाट ट्रान्सक्रिप्ट र प्रोभिजनल सर्टिफिकेटको लागि Online आवेदन खुला गर्ने परीक्षा नियन्त्रक पुष्प राज जोशीले जानकारी दिइएको छ।

सेवाग्राहीले अब student.tuexam.edu.np मा लगइन गरी निर्देशन अनुसार फाराम भरी, संलग्न बैंकमार्फत अनलाइन भुक्तानी गरी आवेदन बुझाउन सक्नेछन्। प्रारम्भिक चरणमा मार्कसीट तथा रजिस्ट्रेशन कार्डमा एकरुपता भए सोही अनुसार प्रक्रिया अघि बढाउन सकिनेछ भने फरक परेमा correction विकल्प प्रयोग गर्न सकिनेछ।

उक्त Online प्रणालीलाई थप विस्तार गर्दै, त्रि.वि. परीक्षा नियन्त्रण कार्यालयबाट प्रदान गरिने सम्पूर्ण सेवा २०८२ साल जेष्ठ १५ गतेदेखि पूर्णरूपमा Online बाट सञ्चालन गरिने योजना रहेको जानकारी पनि सूचनामा उल्लेख गरिएको छ।

पहेंलो सक्कल मार्कसीटको फरक भएमा Application ID को Slip सहित गोप्य शाखामा बुझाउनुपर्नेछ। फाराम Online बाट पेश गरेपछि दिइएको निर्देशन अनुसार ट्रान्सक्रिप्ट संकलन गर्नुपर्ने व्यवस्था गरिएको छ।

विभिन्न सीमाहरूको बाबजुद पनि कार्यालयले Online सेवा स्थायी बनाउन आवश्यक प्रयास जारी राखेको जनाउँदै परीक्षा नियन्त्रक जोशीले सम्बन्धित सबैलाई Student Portal Manual हेर्न पनि अनुरोध गरेका छन्।

नयाँ वर्ष २०८२ को अवसरमा शुभकामनासहित विश्वविद्यालयले आफ्नो सेवा प्रणालीलाई डिजिटल माध्यममा रूपान्तरण गर्न थालेको यो कदमलाई व्यापक रूपमा स्वागत गरिएको छ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत