शनिबार, बैशाख १३, २०८२

विमानस्थलमा युवकमाथि दुर्व्यवहार गर्ने ३ प्रहरी कारबाहीमा


कान्तिपथ


काठमाडौं । वैदेशिक रोजगारीबाट बिदामा फर्किएका युवामाथि दुर्व्यवहार गर्ने ३ जना प्रहरीलाई कारबाही गरिएको छ ।

सो कार्यमा संलग्न तीन जनालाई विमानस्थल सुरक्षाबाट हटाइएको हो ।

साथै, उनीहरूलाई काठमाडौं उपत्यका प्रहरी कार्यालयमा झिकाएर छानबिन तथा अनुसन्धान भइरहेको प्रहरीले बताएकाे छ ।

दूबईबाट ३१ चैतमा काठमाडौं आएका मोरङका सञ्जय ओझा विमानस्थलको अध्यागमन र भन्सार जाँच पार गरिसकेपछि दुर्व्यवहारमा परेका थिए ।

उनले ‘प्रहरीको व्यवहार’ भन्दै सामाजिक सञ्जाल टिकटकमा भिडियो राखेका थिए ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत