पोखरा । राप्रपा नेपालका अध्यक्ष कमल थापाले गत चैत्र १५ गते तिनकुने घटनामा पक्राउ परेकाहरुलाई रिहा गर्न सरकारसँग आग्रह गरेका छन्।
पक्राउ परेकाहरु कुनै अराजक र हिंसात्मक गतिविधिमा संलग्न नरहेको भन्दै उनले रिहा हुनुपर्ने बताएका हुन् ।
बरु परिस्थितिलाई संयमित बनाउन बारम्बार आह्वान गर्ने डा.धवल शमसेर राणा, रवीन्द्र मिश्र, पशुपति खड्का, मुनिन्द्रराज भण्डारी लगायतका नेताहरूको रिहाई हुनुपर्ने थापाको जिकिर छ ।
यसरी पक्राउ परेकाहरुको रिहाईको माग गर्दै पोखराको मुस्ताङ चोकमा रिले अनसनमा बसेकाहरुलाई भेट गर्दै थापाले यस्तो धारणा ब्यक्त गरेका छन् ।
उनले थपे ‘अनसन बसेका राष्ट्रवादी साथीहरूप्रति एक्यवद्धता जनाउन आज हामी पोखरा आईपुगेका छौ ।’
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ