बारा । बारा प्रहरीले पत्रकारिताको नाममा व्यवसायीहरूमाथि धाकधम्की दिँदै रकम असुली गर्ने प्रयासमा संलग्न रहेको अभियोगमा एक पत्रकारलाई पक्राउ गरेको छ।
को हुन् पक्राउ पर्ने व्यक्ति ?
के हो आरोप ?
पत्रकारको पहिचान प्रयोग गरी व्यापारीहरूमाथि मानसिक दबाव सिर्जना गर्दै रकम असुल गर्ने प्रयास गरिएको आरोप।
बारा प्रहरीले गोप्य सूचनाको आधारमा अनुसन्धान गर्दै सर्राफलाई पक्राउ गरेको हो।
कसरी पक्राउ परे ?
प्रहरीको अनुसन्धान टोलीले प्रसौनी गाउँपालिका–३, गण्डक चोक बाट उनलाई बैशाख ४ गते पक्राउ गरेको हो।
प्रहरीको भनाइ
जिल्ला प्रहरी कार्यालय, बाराका प्रवक्ता डीएसपी विजयराज पण्डित भन्छन्: “विष्णु सर्राफ आफैंलाई पत्रकार बताउँदै पत्रकारिताको आडमा व्यवसायीलाई धाकधम्की दिँदै रकम असुल गर्ने प्रयासमा संलग्न थिए भन्ने सूचना प्राप्त भएको थियो। अनुसन्धानपछि उनलाई पक्राउ गरिएको हो।”
अहिलेसम्म के भेटियो ?
हालसम्म सर्राफले कसैबाट रकम लिएको ठोस प्रमाण फेला परेको छैन।
मोबाइल डाटा, संवाद र अन्य स्रोतहरूको समेत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
पेशागत आचारसंहिता माथि प्रश्न
यस्ता घटनाले पत्रकारिता पेशाको विश्वसनीयतामाथि गम्भीर प्रश्न उठाएको पत्रकारकाहरू बताउँछन्।
पत्रकारको पहिचान दुरुपयोग गरेर असुली गर्ने कार्यले सम्पूर्ण मिडिया क्षेत्र बदनाम हुने खतरा रहेको उनीहरूको भनाइ छ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ