बिहिबार, जेष्ठ ८, २०८२
  • गृहपृष्‍ठ
  • अपराध
  • शुद्धोधन गाउँपालिकाका अध्यक्ष चौधरीमाथि गोली प्रहार, ज्यान जोगिन सफल

शुद्धोधन गाउँपालिकाका अध्यक्ष चौधरीमाथि गोली प्रहार, ज्यान जोगिन सफल


गणेश विक


कपिलवस्तु । शुद्धोधन गाउँपालिकाका अध्यक्ष कमलेशशरण चौधरीमाथि बिहीबार राति अज्ञात व्यक्तिले गोली प्रहार गरेका छन्।

घटना कपिलवस्तुको मायादेवी गाउँपालिका–१ स्थित अध्यक्ष चौधरीको निजी निवासमा राति करिब ११:३० बजे भएको हो।

प्रहरीका अनुसार, अध्यक्ष चौधरी आफ्नै निवासको कम्पाउन्डभित्र शौचालय गएर फर्कने क्रममा गोली प्रहार भएको हो।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका सूचना अधिकारी तथा डिएसपी मोहनमणि अधिकारीले प्रारम्भिक अनुसन्धानमा उक्त कुरा खुलेको जानकारी दिएका छन्।

डिएसपी अधिकारीका अनुसार, अन्धकारको फाइदा उठाउँदै घरको कम्पाउन्डबाहिरबाट पेस्तोल प्रहार गरिएको र त्यसपछि हमलाकारी फरार भएको अनुमान गरिएको छ।

अध्यक्ष चौधरीले पनि बाहिरबाट गोली प्रहार भएको पुष्टि गरेका छन्।

“कम्पाउन्डबाहिरबाट हानिएको गोली मेरो नजिकबाट छुटेर गएकोले कुनै शारीरिक क्षति भएन,” अध्यक्ष चौधरीको भनाइ उद्धृत गर्दै प्रहरीले जनाएको छ।

प्रहरीले घटनास्थलबाट एकथान गोलीको खोका बरामद गरेको छ।

गोली कसले चलायो, किन चलायो भन्नेबारे हाल अनुसन्धान भइरहेको छ। घटनापछि अध्यक्ष चौधरीको सुरक्षा थप कडा बनाइएको छ।

यस घटनाले स्थानीयस्तरमा ठूलो चासो र चिन्ता उत्पन्न गरेको छ।

प्रहरी स्रोतका अनुसार, हमलाकारीको पहिचान र उद्देश्य पत्ता लगाउन अनुसन्धानलाई तीव्रता दिइएको छ।

घटनाको विस्तृत विवरण आउन बाँकी छ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत