बिहिबार, जेष्ठ ८, २०८२

सिरहामा चट्याङ लागेर एक जनाको मृत्यु


राजेन्द्र महतो


सिरहा । सिरहाको कल्याणपुर नगरपालिका–६ भोक्राहामा चट्याङ लागेर एक जनाको ज्यान गएको छ। बिहीवार खेतमा काम गर्ने क्रममा चट्याङ लाग्दा घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।

मृतक कल्याणपुर नगरपालिका–८ मझौलिया वडा कार्यालयमा कार्यरत करिब ४५ वर्षीय बेचन रोहीता रहेको पुष्टि भएको छ।

प्रारम्भिक जानकारीअनुसार उनी गहुँको खेतमा काम गरिरहेका बेला चट्याङ परेको हो।

घटनापछि स्थानीय प्रशासन र प्रहरीको टोली घटनास्थलमा पुगेको थियो।

मृतकको शवलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल, सिरहा पठाइएको छ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत