सोमवार, जेष्ठ ५, २०८२

७ डलर चोरी प्रकरणले गयो जागिर, गयो पेन्सन: अदालतको कडा फैसला


कान्तिपथ


काठमाडौं। क्योटो सिटी, जापान – एक बस चालकलाई यात्रुको भाडाबाट सात डलर चोरेको आरोपमा बर्खास्त गरिएपछि उनले आफ्नो २९ वर्षको लामो सेवाका बदला ८४ हजार अमेरिकी डलरको अवकाश प्याकेज गुमाएका छन्।

सन् २०२२ मा क्योटो सिटीको बस सेवा सम्बन्धी सुरक्षा क्यामेरामा एक रेकर्ड सार्वजनिक भएको थियो जसमा बस चालकलाई एक हजार येन (लगभग सात अमेरिकी डलर) ठगी गरेको देखाइएको थियो। यस घटनामा चालकले यात्रुको भाडा साँचो तरिकामा संकलन नगरी एक हजार येनको बिल लिएका थिए। यस घटनालाई सार्वजनिक गर्दै क्योटो सिटीले उनलाई बर्खास्त गर्‍यो।

चालकले चोरीको आरोप अस्वीकार गर्दै आफ्नो बयान दिएका थिए र वरिष्ठ अधिकारीसँगको सोधपुछमा घटनाको विवरण सही ढंगले प्रस्तुत गर्न असमर्थ देखिएका थिए। क्योटो सिटीको अधिकारी शिनिची हिराईले भने, “हामीले यो मामला गम्भीरतापूर्वक लिएका छौं। प्रत्येक बस चालकले एक्लै काम गर्छन् र जनताको पैसा चलाउँछन्। यस क्षेत्रमा अनियमितता भएमा त्यसले हाम्रो सार्वजनिक यातायात प्रणालीको विश्वासमा ठूलो असर पार्न सक्छ।”

चालकको पक्षमा स्थानीय अदालतको फैसला आएको थियो र उनले पुनरावेदन अदालतमा मुद्दा दायर गरेका थिए। त्यसपछि सर्वोच्च अदालतको फैसले नगर कार्यालयको पक्षमा फैसला सुनायो र चालकलाई ठगीको आरोपमा दोषी ठहर्‍याउँदै, बर्खास्तीको सजाय पुनः कायम राख्यो।

यस घटनामा सार्वजनिक यातायात प्रणालीमा जनविश्वासको महत्वपूर्ण असर परेको भन्दै क्योटो सिटीले यो निर्णयको स्वागत गरेको छ। सर्वोच्च अदालतले भने, “चालकको आचरणले प्रणाली र बस सेवाको प्रभावकारी सञ्चालनप्रतिको जनविश्वासलाई कमजोर पार्न सक्छ।”

यस प्रकरणले जापानका सार्वजनिक यातायात क्षेत्रमा ईमानदारिता र अनियमितताका विरुद्ध कडा कदम उठाउनुपर्ने आवश्यकता उजागर गरेको छ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत