मङ्लबार, बैशाख ३०, २०८२

६ महिनाको प्रेमपछि युवतीले बरुणलाई..!


कान्तिपथ


बलिउडमा नन स्टप हिट फिल्म दिइरहेका अभिनेता वरुण धवन सामान्यतया आफ्ना निजी कुराहरु मिडियामा सेयर गर्न रुचाउँदैनन् । एक अन्तरवार्तामा उनले आफ्नो निजी जीवनका केही रहस्यहरु खोलेका छन् ।

अन्तरवार्तामा वरुणले पहिलोपटक १३ वर्षको उमेरमा कुनै केटीसँग टंग किस गरेको खुलासा गरे । आफू विद्यालयमा पढ्दा ती केटीसँग प्रेममा परेको र उनकै घरमा पढ्ने बहानामा कोठा बन्द गरेर किस गरेको बरुणले बताए । तर उनले केटीको नाम खुलाउन चाहेनन् ।

बरुण कलेज पढ्दा पनि एक युवतीसँग गहिरो प्रेममा परेका थिए । तर, ६ महिनाको प्रेमपछि युवतीले आफूलाई धोका दिएको बरुणले बताए । उनले ती युवतीको पनि नाम खोलेनन् । पहिलो सेक्स चाहिँ कहिले गर्नुभएको थियो भन्ने प्रश्नमा वरुण मौन रहे ।

फिल्मी करिअरको कुरा गर्ने हो भने वरुण अहिलेसम्म फ्लप फिल्मको मुख नदेखेका अभिनेता हुन् । उनले लगातार हिट फिल्म दिइसकेका छन् ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत