बिहिबार, जेष्ठ ८, २०८२

भन्सार छली गरी ल्याउँदै गरेको सर-समानहरु बरामद


कान्तिपथ


रौतहट । जिल्ला प्रहरी कार्यालय रौतहट र मातहतका प्रहरी चेकिङ टोलीले विभिन्न स्थानमा सवारी साधनहरुलाई रोकी चेकजाँच गर्दा अबैध रुपमा भारतबाट भन्सार छली गरेर नेपाल तर्फ भित्र्याइएको ठूलो मात्रामा मालसामान बरामद गरेका छन्।

बरामद गरिएका सामानहरुमा दुई थान मोटरसाइकल, विभिन्न प्रकारका किराना तथा लत्ता कपडा लगायत अन्य सामाग्री समावेश छन्। यी सामानहरुको अनुमानित मूल्य रु. २,४९,६७५/- (दुई लाख उनन्पचास हजार छ सय पचहत्तर) रुपैयाँ रहेको छ।

प्रहरीले बरामद गरेको सामानलाई आवश्यक कारवाहीको लागि गौर भन्सार कार्यालयमा बुझाएको छ।

यस सम्बन्धमा प्रहरी नायव उपरीक्षक दीपक कुमार रायले जानकारी दिँदै भने, “सम्बन्धित विषयमा थप अनुसन्धान भइरहेको छ र कारवाही प्रक्रिया जारी छ।”

रायले भने, “हामीले अबैध तस्करीको नियन्त्रणमा कडा कदम चालेका छौं। यस प्रकारका गतिविधिहरूलाई रोक्नका लागि प्रहरीले निरन्तर निगरानी गरिरहेको छ।”

यस घटनाले रौतहट क्षेत्रमा अवैध सामानहरूको तस्करीविरुद्ध प्रहरीको दृढ कदमको आवश्यकता भएको देखाउँछ।

प्रहरीले आगामी दिनमा यस्तो गतिविधि रोक्न थप कडाइका साथ काम गर्न निरन्तर योजना बनाउँदैछ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत