सोमवार, बैशाख २९, २०८२

सुनको मूल्य ८ सय रुपैयाँले घट्यो


कान्तिपथ


नेपाली बजारमा आज सुनको मूल्यमा उल्लेख्य गिरावट आएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य अघिल्लो दिनको तुलनामा ८०० रुपैयाँले घटेर प्रतितोला १ लाख ८९ हजार ८०० रुपैयाँ कायम भएको छ।

यसअघि बिहीबारको कारोबारमा छापावाल सुन प्रतितोला १ लाख ९० हजार ६०० रुपैयाँमा किनबेच भएको थियो, जुन अहिलेसम्मकै ऐतिहासिक उच्च मूल्य थियो।

यद्यपि, चाँदीको मूल्य भने स्थिर छ। महासंघका अनुसार आज पनि बिहीबारकै मूल्य अनुसार चाँदी प्रतितोला १ हजार ९६० रुपैयाँमै कारोबार भइरहेको छ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत